सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्नेछुः मन्त्री शर्मा
काठमाडाैं | माघ १३, २०७९
काठमाडौँ: माओवादी केन्द्रकी नेतृ एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्न चाहेको बताएकी छिन् ।
त्रिभुवन पौडेल पत्रकार मात्र नभएर एक कुशल राजनीतिकर्मी पनि रहेको धारणा राख्दै उनको निधनले अपूरर्णिय क्षति भएको शर्माले बताइन् । प्रेस सेन्टर नेपालले आयोजना गरेको विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको श्रद्धाञ्जली कार्यक्रममा उनले सञ्चार क्षेत्रको सुधारका लागि सबैको सहयोग चाहिने बताइन् ।
देश बनाउने अभियानमा प्रधानमन्त्री प्रचण्ड लागेको र त्यसलाई सबैले आआफ्नै क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताइन् ।
प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा माओवादीका नेता महेश्वर दाहालले पनि पत्रकार पौडेलको बारेमा आफ्नो धारणा राखेका थिए ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

